Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कर्णाली प्रदेश अधिवेशन : ६०९ मत खस्यो, गणना सोमबार

वीरेन्द्रनगर । गत बुधबारबाट सुर्खेतको वीरेन्द्रनगरमा जारी एमाले कर्णाली प्रदेशको अधिवेशनमा मतदान सम्पन्न भएको छ ।

आइतबार दिउँसोबाट सुरू भएको मतदान राति साढे ९ बजेतिर सम्पन्न भएको हो । अधिवेशनमा ६०९ मत खसेको छ । कुल ६१६ जना प्रतिनिधिहरु थिए । ७ जना अनुपस्थित भएका छन् ।

गत बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा नेताहरुले सहमतिमै नेतृत्व चयनको प्रयास गरेपनि सफल हुन नसकेपछि निर्वाचनका लागि मतदान भएको हो।

मतदानस्थलमा पाँच दिनसम्म प्रतिनिधिहरु आफ्नो मताधिकार प्रयोग गर्ने अवसरको पर्खाइमा थिए। पटक-पटक मतदान सारेर आइतबार दिउँसो १ बजेदेखि सुरु भएको मतदान साँझ ९ बजे सकिएको हो ।

एमालेको प्रदेश कमिटी अध्यक्षका लागि नेता मीनबहादुर शाही, गुलावजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा उत्रिएका छन् । आइतबार राति ९ बजे मतदान सकिएको भएपनि मतगणना भने सोमबार बिहान ८ बजेबाट गर्ने निर्वाचन मण्डलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077