Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई पाँचौँ विकेट झड्का, गुलशन पनि आउट

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । गुलशन झा खेलको १४.६ औँ ओभरमा मात्र ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

नेपालले १८ होभरमा १८३ रन बनाएर खेलिरहेको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077