Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माल्दिभ्सविरुद्ध नेपाललाई चौथो झड्का, सन्दीप जोरा पनि 'आउट'

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । सन्दीप जोरा खेलको १० औँ ओभरमा मात्र ५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

नेपालले हालसम्म ६७ रन बनाएको छ । यसअघि विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका थिए । त्यस्तै उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए ।

नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए । यसअघि चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077