Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले प्रदेश अधिवेशन : कर्णाली र कोशीमा आज चुनाव हुँदै

काठमाडौं । नेकपा एमालेका कोशी प्रदेश र कर्णाली प्रदेश कमिटी चयनका लागि आज चुनाव हुँदैछ ।

सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार कर्णाली प्रदेशमा बिहान ८ बजे मतदान सुरु हुनेछ भने कोशी प्रदेशमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको हो ।

कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुँदै छ।

उता कोशीमा एमाले अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन् । नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयास गरिए पनि सफल हुन सकेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077