Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077