Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कर्णालीको नेतृत्व छान्न मतदान आइतबार हुने

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आइतबार मतदान हुने भएको छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान अब आइतबार बिहान ८ बजे हुनेछ । एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा छन् ।

अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिएका थिए ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ । यता निर्वाचन आयोगले मतपत्र छपाईको काम चलिरहेको र शनिरबार राति सबै मतपत्रहरू छपाई सकिने तयारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077