Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको कर्णाली अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित

सुर्खेत। नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामवली प्रकाशन भएको छ।

शनिबार बिहान ८ बजे नै प्रकाशित गर्ने भनिएको उम्मेदवारको अन्तिम नामावली अपराह्न साढे चार बजे प्रकाशित भएको हो।

दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिलाइ भएपछि अहिलेसम्म मतदान सुरु‌ हुन सकिरहेको थिएन ।

अन्तिम नामवली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने छ। नामावली अनुसार अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077