Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली क्रिकेट टोलीलाई पूर्वराजाले दिए बधाई

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।

१९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा क्रिकेट टिमलाई बधाई दिएका हुन् ।

अनेकौँ प्रतिकुलताका हासिल गरेको सफलताले नेपालको राष्ट्रिय गौरव बढाएको पूर्वराजा शाहले बताए।

शुभकामना सन्देशमा पूर्वराजाले लेखेका छन्, ‘मित्रराष्ट्र चाइनाको हाङ्झाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले मङ्गोलियासँग खेलेको टी-२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ । देशको राष्ट्रिय पहिचानले अनेकौँ चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौँ प्रतिकुलताका बावजुद जुन सफलता हासिल गरेका छन् यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ । विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना ।’

गत असोज १० गते एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो ।

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077