Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कर्णाली अधिवेशन : सचिवमा शाहीलाई समर्थन गर्दै शर्माले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको सचिव पदको उम्मेदवारी दिएका डण्डी शर्माले आफ्नो उम्मेदवार फिर्ता लिएका छन्।

कर्णाली प्रदेश निर्वाचन कार्यालयकाअनुसार शर्माले सचिव पदको उम्मेदवारी फिर्ता लिएका हुन्। उनको उम्मेदवारी फिर्तासँगै एक सचिव पदका लागि रूद्रबहादुर शाही र ध्रुवकुमार शाहीको प्रतिस्पर्धा हुने भएको छ।

कर्णाली प्रदेश कमिटीको अध्यक्षका लागि पाँच जनाको उम्मेदवार कायमै छ। नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ।

यामलाल कँडेलको टिमबाट सल्यानका गुलावजंग शाह र गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी परेको छ।

यस्तै कर्णालीका पूर्वसभामुख राजबहादुर शाहीको पनि अध्यक्षका लागि उम्मेदवारी परेको छ।

पूर्वमन्त्री प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077