Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान हुँदै

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुनेछ । प्रदेशको अध्यक्षका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटीे समूहबाट कालीकोटका मिनबहादुर शाहीले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यस्तै कर्णालीका पूर्वसभामुख दैलेखका राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077