Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छेन्दु विमानस्थलबाट बिदा भए प्रधानमन्त्री प्रचण्ड, १० बजे नेपाल आइपुग्ने

काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फर्किएका छन् । आठ दिनको चीन भ्रमण सकेर उनी आज बिहान सिचुवान प्रान्तको छेन्दुबाट नेपाल फर्किएका हुन् ।

उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर यङ चिनफिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले छेन्दु विमानस्थलबाट बिदाइ गरेका छन् । उनी शनिबार बिहान १० बजे नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा थिए । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077