Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । यसपालि मनसुन बाहिरिन केही समय लाग्ने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने मौसम पूर्वानुमान् महाशाखाले जानकारी दिएको हो ।

हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना भएकाले देशका धेरै स्थानमा ३र४ दिनसम्म हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यस्तै सो अवधिमा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाई छ ।

महाशाखाले यो समय बाली भित्र्याउने बेला भएको हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077