Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बागमती प्रदेश अधिवेशन : च्यासलमा मतगणना सुरु, नतिजा आजै आउने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्वसहित कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदानको मतगणना सुरु भएको छ । एमाले पार्टी कार्यालय च्यासलमा मतगणना सुरु भएको हो ।

निर्वाचन समितिका अनुसार अबको २ घण्टाभित्र मतगणनाको सबै परिणाम आइसक्ने छ । । निर्वाचनमा कुल एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको थियो ।

पार्टी कार्यालय च्यासलमा भएको मतदानमा ३२ जना भने अनुपस्थत रहेको बताइएको छ । बागमतीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् ।

पदाधिकारीका उपाध्यक्ष, सचिव र उपसचिवमा पनि प्यानल बनाएरै दुवै समूह प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077