Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अध्यक्ष ओलीको दाबी - कोशीमा मध्यावधि निर्वाचन भए एमालेले बहुमत ल्याउँछ

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले देश र जनताको हितमा केही कार्य नगरेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

यस्तै उनले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भए एमालेले बहुमत ल्याउने दाबी गरे । कोशी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको उनको भनाई छ ।

उनले मध्यावधि निर्वाचनतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077