Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बागमती प्रदेशको निर्वाचन सकियो : १ हजार १३५ मत खस्यो, आजै नतिजा आउने

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ ।

शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो । एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

३२ मतदाता भने अनुपस्थित रहेका थिए । आजै नतिजा प्रकाशित गर्ने तयारी रहेको बताइएको छ ।

अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भइरहेको छ । पदाधिकारीका उपाध्यक्ष, सचिव र उपसचिवमा पनि प्यानल बनाएरै दुवै समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077