Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा अदालतले होइन, प्रचण्ड र माधवले फुटाएका हुन् : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल' प्रचण्ड' र माधव नेपालले नेकपा ब्युँताउने भनेर हल्लामात्र गरेको बताएका छन् ।

एमालेको कोशी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,'बर्कोभित्र छुरा लुकाएकाहरू बसेकाहरू एमालेलाई आपत् परेको बेला मैदानमा उत्रिए र प्रहार गर्न थाले । प्रचण्ड र माधवले गरेको त्यही हो । एमालेले राम्रो काम गरेकोले नीति र नेतृत्वसँग आतंकित भएपछि अनि षड्यन्त्र सुरु भयो । उनीहरूले हदैसम्म कम्युनिस्ट पार्टी फुटाउने र सरकार ढाल्नेसम्मको काम गरे । दक्षिणपन्थी सरकार बनाएर पाऊँ भनेर अदालतसमक्ष निवेदन हाले र नेकपा एमाले सरकारबाट हट्न बाध्य भयो । दुईदुईपटक पार्टी फुट्यो । मूलरूपमा अदालतले होइन प्रचण्ड र माधवहरूले फुटाएको हो । अहिले उनीहरू कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लुरुलुरु लागेका छन् ।'

अध्यक्ष ओलीले प्रचण्ड र नेपाल कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लागेको टिप्पणी गरे। उनले एमालेभित्रका बिकाउ मालहरू र कम्युनिस्टको खोल ओढेर बसेकाहरूले कम्युनिस्ट पार्टी फुटाएको आरोप लगाए ।

ओलीले कम्युनिस्ट आन्दोलन बिगार्ने नेपाल र प्रचण्डहरूले अहिले नेकपा ब्युँताउने भनेर हावादारी कुरा गरिरहेको बताए ।

अध्यक्ष ओलीले दुई तिहाइ पुगेको पार्टीलाई पटकपटक फुटाउनेहरू अहिले कार्यकर्ता अल्मल्याउने काममा सक्रिय भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077