Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश तत्काल मध्यावधिमा नजाने एमाले अध्यक्ष ओलीको दाबी

विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार जनताप्रति उत्तरदायी नभएको बताएका छन् ।

कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न विराटनगर पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने,‘तत्काल कोशी प्रदेश मध्यावधिमा जान्छ कि भन्ने आशंका भइरहेका छन् । तत्काल मध्यावधिमा जान सक्ने अवस्था रहँदैन ।’

प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको अध्यक्ष ओलीको भनाइ छ। यदि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले कोशी प्रदेशमा भारी बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077