Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।

पटक पटक निर्वाचन कार्यतालिका फेरबलदपछि आज १२ बजेबाट मतदान सुरू भएको हो ।

पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ ।  अध्यक्ष पदका लागि रामेछापका कैशाल ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् ।

सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् । यसअघि तीन पटकसम्म निर्वाचन कार्यक्रम संसोधन भएकामा आज ८ बजेदेखि चुनाव हुने कार्यतालिका थियो।

भृकुटीमण्डपमा जारी अधिवेशनको ‍मतदान भने पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077