काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि १० बजेदेखि मतदान हुने भएको छ।
अधिवेशनको पाँचौं दिनमा अन्तिम नामावली प्रकाशन भएसँगै मतदान पार्टी कार्यालय च्यासलमा हन लागेको हो ।
अध्यक्षका लागि अब दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो। केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन्। अब अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ।
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ। सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ।
एमाले बागमतीको अधिवेशनमा १ हजार १७४ मतदाता छन्। उनीहरुले पदाधिकारीसहित २ सय ४० सदस्यीय बागमती प्रदेश कमिटी छनोट गर्नेछन्।