Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कोशी प्रदेश अधिवेशन आजबाट, उद्घाटन गर्दै अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेका हुन् ।

दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनेछन् । सम्पर्क मञ्च र कमिटीबाट पनि आमन्त्रण गरिएको छ ।

कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ ।

हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन् । अब त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन। अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन हुनेछ ।

संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनबाट नेतृत्व चयन सहमतिबाट हुने र नभए निर्वाचनमार्फत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077