Online Nepal
  • शनिबार, २० पुष २०८१
  • कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’

    कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.3K
    SHARES

    कठमाडौं । जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्।

    चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबार तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन भ्रमण गरेका हुन्। कैलाश पर्वत र मानसरोवरलाई हिन्दु धर्मावलम्बीहरूले ठुलो धाम मान्छन्।



    विशेषगरी कैलाश पर्वतलाई भगवान् शिवको बासस्थान ठानेर हिन्दु धर्मावलम्बीहरू जीवनमा एकपटक पुग्न चाहन्छन्। प्रधानमन्त्री दाहाल विदेश भ्रमणमा रहँदा यसरी धार्मिक स्थलको भ्रमण, पूजाअर्चना र दर्शन गर्दा नेपालमा भने चर्को आलोचना हुने गर्छ।



    भारत भ्रमणका बेला उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन गर्दा गेरु वस्त्रमा पूजाअर्चना गरेको विषय सर्वाधिक आलोचित बनेको थियो। यसरी आलोचना गर्नेमा अग्रमोर्चामा उनकै द्वन्द्वकालीन सहयोद्धा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई थिए।

    भट्टराईले दाहालका धार्मिक गतिविधिका तस्बिर राखेर ‘नयाँ सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ भनेर व्यंग्य गरेका थिए। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार