Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बागमती प्रदेश अधिवेशन : केशव पाण्डेले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन भएको छ।

एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रारम्भिक नामावलीअनुसार अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । आन्तरिक छलफलपछि पाण्डेले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन्।

अब चार जना अध्यक्षका उम्मेदवार कायम भएका छन् । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077