काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित भएको छ ।
बुधवार साँझ नै उम्मेदवारी मनोनयन भए पनि बिहीबार दिउँसो साढे २ बजे बल्ल उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित भएको हो ।
निर्वाचन कमिटीले २४५ वटा पदमा परेको उम्मेदवारीको प्रारम्भिक विवरण प्रकाशित गरेको छ।
यो सूचीउपर उजुरी, छानबिन, पुन:प्रकाशन, नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि साँझ ६ बजेबाट मतदान शुरू हुनेछ ।
यसअघि अध्यक्षमा उम्मेदवारी दिए पनि केशवराज पाण्डेको उम्मेदवारी दर्ता नभएको बताईएको छ ।
निर्वाचन कमिटीले निकालेको प्रारम्भिक सूचीमा ३ नम्बरमा पाण्डे नाम छ ।
निर्वाचन अधिकृतले उनको नाममा हस्ताक्षर गरेर उम्मेदवारी कायम नहुने जनाएका छन् ।