Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बागमती अधिवेशनमा आज निर्वाचन हुने सम्भावना न्यून

काठमाडौं । नेकपा एमालेको जारी प्रथम बागमती प्रदेश अधिवेशनको आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित देखिएको छ ।

निर्वाचन तालिका अनुसार आज बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो ।

आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन ।

बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिका अनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने करिब निश्चित भएको हो ।

जनजाति तथा सीमान्तकृत क्लस्टर नराखिएको भन्दै विरोध भएपछि केहिबेर अघि जनजाति तथा सीमान्तकृत क्लस्टरमा उम्मेदवार खुल्ला गरिएको छ ।

जनजाति क्लस्टर मा ३ पुरुष २ महिला गरी ५ तथा सीमान्तकृतमा एक महिला र एक पुरुष गरी २ जना सदस्य पदमा उम्मेदवार खुल्ला गरिएसँगै अब २४७ को बागमती प्रदेश कमिटी बन्ने भएको हो ।

हालसम्म अध्यक्षमा ५ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ४ तथा उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो ।

अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077