Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि

    सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मुलुकको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक ऋणको दायित्व पनि बढ्दै आइरहेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्ममा सरकारलाई सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि पुगेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २३ खर्ब ९ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ । भदौ मसान्तसम्मको सार्वजनिक ऋणलाई प्रतिव्यक्ति दायित्वको हिसाबले औषतमा ७९ हजार २०१ रूपैयाँ पर्न आउँछ । कुल ऋणलाई कुल जनसंख्याले भाग गर्दा यो तथ्यांक निकाल्ने गरिन्छ। यो ऋण सरकारले तिर्ने हो कुनै व्यक्तिले तिर्नु पर्दैन ।



    कुल ऋणलाई नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ ले भाग गरेर सो रकम निकाल्ने गरिन्छ । आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड रूपैयाँ रहेको छ । त्यसैगरी बाह्य ऋणको दायित्व भने ११ खर्ब ६९ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ ।



    कार्यालयका अनुसार भदौमा मात्रै ४९ अर्ब २३ करोड रूपैयाँको ऋण थपिएको छ । सरकारले भदौमा मात्रै आन्तरिकतर्फ ४४ अर्ब २६ करोड रूपैयाँ ऋण प्राप्त गरेको छ भने बाह्य तर्फबाट ४ अर्ब ९७ करोड रूपैयाँ ऋण प्राप्त गरेको छ ।

    सरकारले साउनमा आन्तरिक ऋण २५ अर्ब ८४ करोड र भदौमा १५ अर्ब ७६ करोड रूपैयाँ लिएको थियो । दुवै महिनामा गरेर आन्तरिक ऋण ४१ अर्ब ६१ अर्ब लिएको थियो । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार