Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बागमती अधिवेशन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी, अन्य पदमा कति ?

काठमाडौं । नेकपा एमाले बागमती अधिवेशनमा अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै उपाध्यक्षमा पनि पाँच जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिए ।

सचिवमा रत्न गुरूङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ । अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् । नेतृत्व चयनका लागि बिहीबार बिहान ८ बजेदेखि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077