Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले विकासको अभियन्ता र आधुनिकताको नायक हो : अध्यक्ष ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताएका छन् ।

बुधबारदेखि सुरु भएको एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् उनले विकासको अभियन्ता र आधुनिकताको नायक एमाले भएको बताए ।

‘राष्ट्र जोगाउने, समृद्ध गराउने, देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने अभिभारा हामीमा छ । सुशासन र विकासका लागि हाम्रो पार्टीले अगुवाइ गर्छ,’ उनले भने ।

नेकपा एमाले अरूजस्तो पार्टी नभएको बताउँदै उनले एमालेले देशमा विकासको बाटो देखाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077