सुर्खेत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा व्युँताउन अब सम्भव नरहेको बताएका छन्।
सुर्खेतमा बुधबार प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले नेकपा सरकार ढालेर नेपाली कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको बताए।
अध्यक्ष ओलीले भने,‘कम्युनिष्ट एकता नेकपा व्युँताउने अरे ! नेकपा त अस्ति नै पोलेर खाइसक्यो । अब कहाँबाट व्युँताउँछौ । नेकपा ब्युँताउने कुरा अब सम्भव छैन। नेकपा सरकार ढालेर कांग्रेसको शरणमा पर्न गएकाहरूले जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन्।’
उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले एमालेमा फुटाएर कांग्रेसको पाउमा सरकार चढाउन गएको टिप्पणी गरे । उनले अहिले एमालेमाथि घेराबन्दी भइरहेको बताए। तर चुनौती सामना गरेर अघि बढ्ने उनको भनाइ छ।