काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।
ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ रहेका छन् भने समर्थकमा वचन देउजा रहेका छन् ।
त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् ।
उम्मेदवारी मनोनयनको क्रम साँझ ६ बजे सम्मलाई तोकिएको छ । मतदान बिहीबार हुँदैछ ।