Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गरौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गर्न अनुरोध गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै यस्तो अनुरोध गरेका हुन् ।

अध्यक्ष ओलीले पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरे ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,'मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ- डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं। सम्मान र हार्दिकता विकास गरौं।'

उनले डाक्टरको महत्त आफू स्वयंले पनि आफ्नो जीवनमा महसुस गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077