Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बागमती प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरु भएको छ ।

बागमती प्रदेश अधिवेशनको निर्वाचनका लागि निर्वाचन कार्यालयले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशित गरिएको छ । कार्यालयले उम्मेदवारहरुका लागि बिहान ११ः३० बजेदेखि फारम वितरण गर्ने जनाएको छ ।

एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको छ ।

बिहान मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ । मतदान असोज ११ गते बिहीबार ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077