Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित छ, अर्थतन्त्र जरैदेखि हल्लियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली यस्तो बताएका हुन् ।

उनले नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कदम चाल्ने भन्दा सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको बताए । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकार कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्नेतर्फ नै नरहेको उनको भनाई छ ।

उनले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभए पनि बताए । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077