Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थतन्त्र सुधारका लागि धेरै पर्खिन सक्ने अवस्था छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रको सुधार सामान्य उपचारले नहुने बताएका छन् ।

एमालेको उद्योगी तथा व्यवसायी महासंघले आज गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले अर्थतन्त्र सुधारका लागि धेरै पर्खिन सक्ने अवस्था नरहेको बताए । अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्न सरकारलाई दबाब दिनुपरे एमालेले अगुवाइ गर्ने उनले बताए ।

अध्यक्ष ओलीले भने,'सिटामोल खाएर काम लाग्ने वाला छैन । यो रोग हट्दैन, एक दिनको ज्वरो पनि हट्ने अवस्था छैन ।अब ढिलो गर्ने समय छैन । धेरै पर्खिन सक्ने अवस्था छैन ।’

यसो भन्दा एमालेलाई सरकारमा जान हतार भएछ कि क्या हो भन्ने अर्थ लाग्न सक्ने भन्दै ओलीले स्पष्टीकरण दिए । सरकारमा बस्नेहरुलाई अर्थतन्त्र सुधारबारे सोच्ने छलफल गर्ने समय नभएको ओलीले बताए ।

यस्तै अवस्थाबाट अब देश अगाडि बढ्न नसक्ने भन्दै उनले दबाबमूलक काम गर्नुपरे एमालेले अगुवाइ गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077