Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा मंगलबार बन्दसत्र सुरु भएको हो । बन्दसत्र सञ्चालनका लागि एमालेले गुरु बरालको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरेको छ ।

अध्यक्षमण्डलको सदस्यमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ रहेका छन् ।

बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत हुने भएका छन् । त्यस्तै बन्दसत्रमा आगामी कार्ययोजना के रहने भन्नेबारे प्रस्तुति गरिने बताइएको छ ।

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि २ बजेबाट समूहगत छलफल गरिने बताइएको छ । बन्दसत्रमा छलफल सकिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ ।

मंगलबार साँझबाट नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु गरिने भएको छ ।

वाग्मती प्रदेश कमिटीको अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशव पाण्डे, रामेछापका कैलाश ढुंगेल र चितवनका कृष्णभक्त पोखरेललगायतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077