Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्ततः एसियाड खेल्न जाने भए सन्दीप, सागर पनि आजै उड्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र सागर ढकाल आज चीन जाँदैछन् । एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न आज दिउँसो साढे १२ बजे उनीहरु चीन जान लागेका हुन् ।

नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगिसकेको छ । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ । सन्दीप आइतबार बलात्कार मुद्दाको जिल्ला अदालत काठमाडौँमा पेशीको कारण सोमबार जाने कार्यक्रम थियो ।

तर सन्दीप सोमबार मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै सन्दीप गएका थिएनन् । सोमबार राती क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँग भेटेपछि सन्दीप चीन जान तयार भएको बताइएको छ ।

उता सागर ढकाल स्पिनर ललित नारायण राजवंशीको स्थानमा जानेछन् । अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएपछि बूटीबोनमा चोटका कारण ललितले प्रतियोगिता नखेल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077