Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारलाई सुन काण्डको छानबिन गराएरै छोड्छौं : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनकाण्डमा सरकारले जाँचबुझ आयोग गठनमा ढिलाइ गरेको बताएका छन् ।

काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ‌ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ‌ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाए । अध्यक्ष ओलीले सुन काण्डमा निष्पक्ष छानबिन गर्न सरकारले आलटाल गरे ढिलै भएपनि एमालेले छानबिन गरेर छोड्ने चेतावनी दिए ।

सरकारले आयोगलाई सुन तस्करी छानबिन नभई तस्करी हुन नदिने गरी कानुन निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको उनले बताए ।

अध्यक्ष ओलीले सरकार सुन तस्करहरुलाई भगाउनका लागि सो आयोग एक महिनापछि मात्रै बनाउन सहमत भएको समेत दाबी गरे । उनले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077