Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अधिवेशनमा प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज गर्ने ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश अधिवेशनमा प्यानल बनाए कारबाही गर्ने चेतावनी दिएका छन्।

आजदेखि सुरू भएको एमालेको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष ओलीले प्यानल बनाएर चुनाव लडेको भेटिए उम्मेदवारी नै खारेज हुनसक्ने चेतावनी दिए। अध्यक्ष ओलीले एकताबद्ध एमालेको नीति अनुसार अघि बढ्न सुझाव दिए ।

अध्यक्ष ओलीले भने, ‘मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने हुँदैन । मिल्नु सबैभन्दा ठुलो लोकतन्त्रको अभ्यास हो । नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ । लड्नुस् । लड्न दिनुस्, स्वस्थ ढंगले लड्न दिनुस् । प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिँगै उम्मेदवारी पनि खारेज हुनसक्छ ।’

देश बनाउने र पार्टी एकजुट बनाउने कुरामा मिल्दा अलोकतान्त्रिक नहुने ओलीको भनाई छ । उनले चुनाव भइसकेपछि हार जितलाई सहर्ष स्वीकार गर्न सक्नुपर्ने पनि बताए।

उनले चुनावमात्रै लोकतन्त्रको अभ्यास नभई मिल्नुपनि लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए। तर कसैले चुनाव लड्छु भनेको खण्डमा एमालेमा चुनाव लड्न पाउने व्यवस्था रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077