Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारलाई केपी ओलीको चुनौती - गिरिबन्धु-गिरिबन्धु किन भन्नु ? फाइल खोले भैगो त !

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई गिरिबन्धुको फाइल खोल्न चुनौती दिएका छन् ।

सोमबारबाट सुरु भएको पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी फाइल खोल्न सरकारलाई चुनौती दिएका हुन् ।

गिरिबन्धुको फाइल खोल्दा गठबन्धनका नेताहरू नै जेल जाने अध्यक्ष ओलीले दाबी गरे । अध्यक्ष ओलीले गिरिबन्धुको फाइलसँग कुनै त्रास नरहेको बताए।

अध्यक्ष ओलीले भने,‘प्रधानमन्त्रीले गिरिबन्धुको फाइल खोल्छु भन्नुभयो, गठबन्धनका को–को जेल जान मन छ, जानुस् । ९हामीलाई० फाइलसँग कुनै त्रास छैन, फाइल खोल, कारबाही गर ।’

ओली प्रधानमन्त्री रहेको समयमा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टासम्बन्धी कानूनी प्रबन्ध तयार भएको थियो । तर, ओलीले गिरिबन्धुको फाइलसँग एमालेको त्रास नभएको बताए ।

अध्यक्ष ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर भाँचिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077