काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ ।
राष्ट्रियसभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरेका हुन् ।
अधिवेशन उदघाटनपूर्व निकालिएको र्याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् ।
उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् ।