Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशमा आज सुरक्षा बैठक बस्दै

विराटनगर। कोशी प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्न आज सुरक्षा बैठक बस्दै छ ।

बैठकमा कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्था र रणनीतिको बारेमा छलफल गर्ने योजना छ ।

विराटनगरको बिग होटेलमा आयोजना गरिएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई तथा तीन वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन् ।

पछिल्लो समयमा कोशी प्रदेशमा देखिएका सामाजिक सद्भाव विपरीतका क्रियाकलाप, पहिचान आदि नाममा भइरहेको आन्दोलन र अन्य राजनीतिक गतिविधिले सुरक्षा चुनौती थपेको छ । बैठकमा ती सबै विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसमेतले ब्रिफिङ लिने कार्यक्रम रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077