Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एसियाली खेलकुद : तेक्वान्दोमा नेपालका दुवै खेलाडी पराजित

    एसियाली खेलकुद : तेक्वान्दोमा नेपालका दुवै खेलाडी पराजित

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 807
    SHARES

    काठमाडौं । १९औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् ।

    लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् ।



    महिला ४९ केजीमुनि अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारे पनि अन्तिम १६ को खेलमा पराजित भइन् ।



    महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् । पहिलो राउन्डमा ७-७ को बराबरी खेलेकी अन्जलीले दोस्रो राउन्डमा १०-४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

    प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसंग १२–०, १०–० ले पछि परिन् ।

    पुरुष ५८ केजीमुनि राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका रियाद नासेर हम्दीसँग पराजित भए । कुमाल साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारे ।

    तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार