Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोजपुरमा हत्या गरेर फरार व्यक्ति ३४ वर्षपछि सुनसरीबाट पक्राउ

भोजपुर । भोजपुरमा ३४ वर्षअघि भएको बद्रीकुमार राई हत्याकाण्डका फरारमध्येका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको साल्पासिलिछो गाउँपालिका– ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

२०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

सुनसरीमा लुकेर बसेको अवस्थामा राईलाई नियन्त्रणमा लिइएको प्रहरीले आइतबार पत्रकार सम्मलेनमार्फत भोजपुर प्रहरीले जानकारी गराएको हो । हत्या गरी फरार रहेका राईलाई शुक्रबार धरान उपमहानगरपालिका–२० तरहराबाट पक्राउ गरिएको बताइएको छ ।

घटनामा संलग्न अन्य तीन जनाको पनि प्रहरीले खोजी प्रहरीले गरिरहेको भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए । फरार राईले स्थानीय बद्रीकुमारको खुकुरी प्रयोग गरी हात छिनालेका थिए । गम्भीर घाइते बद्रीकुमारको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077