Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक 'जागा' पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाल पक्राउ परेका हुन् ।

उनले रौतहटबाट २०६३ सालमा नागरिकता बनाउन खटिएको स्थलगत टोलीसमक्ष झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ ।

उनले रौतहटको साविकको सरमुजवा गाविस वडा नम्बर ९ बाट नेपाली नागरिकता लिएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकताबाटै उनले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गरिरहेका थिए ।

उनको साथमा भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमतिपत्रसहितका कागजात फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077