Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसरी भए पनि प्रचण्ड नेतृत्वको सरकारलाई हटाउनुपर्छ : केपी ओली

ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्वीन्टलका क्वीन्टल सुन ओसार्दा पनि कांग्रेस मुन्टो बटारेर बसिरहेको आरोप लगाएका छन् ।

ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ ? तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो । यति नालायक सरकार । जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार ।’

अध्यक्ष ओलीले देशको ठूलो दल नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोसामु निरीह बनेको आरोप लगाए ।

उनले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको भन्दै प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताए । उनले सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077