Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयोजक चीनलाई एसियाडको पहिलो स्वर्ण

काठमाडौं । चीनले १९औं एसियाली खेलकुद (एसियाड)को पहिलो स्वर्णपदक जितेको छ ।

चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण जितेको हो ।

‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् ।

जियाकी र सिउपिङले सात मिनेट ६.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका थियो ।

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पारेका थिए ।

ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुपर्‍यो भने इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077