Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।

आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका १ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएका हुन् ।

आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागीबाट वडाध्यक्ष पिआर मल्लको घर पनि जलेको छ ।

पुतली शाही, प्रदीप रावल, सन्त सिलवाल, सान्त्वना खत्री, जंग शाही र सोनाम लामाको घर पूर्ण रूपमा क्षति भएको छ ।

प्रहरीका अनुसार करिब ११० सुरक्षाकर्मी परिचालन गरी बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको छ थियो । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077