Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अर्थमन्त्री महत इजिप्ट प्रस्थान

    अर्थमन्त्री महत इजिप्ट प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 867
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत इजिप्ट प्रस्थान गरेका छन्।

    एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान गरेका हुन् ।



    अर्थमन्त्री महत एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनेछन्।



    अर्थमन्त्रीसँगै राजस्व सचिव डा.रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी छन्।

    बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने,उदीयमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने, हरित प्रविधि र जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्ने लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार