Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेसको महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म गर्न प्रस्ताव

    कांग्रेसको महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म गर्न प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा तीनवटा प्रस्ताव प्रस्तुत भएका छन् । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकको पहिलो दिन तीनवटा प्रस्ताव प्रस्तुत भएका हुन् ।

    यस्तै बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखे ।



    बैठकमा कांग्रेसको महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रस्ताव आएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । महामन्त्री गगनकुमार थापाले बैठकमा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



    कांग्रेस कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार