Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अर्थ मन्त्रालयमा पद बहाली गर्दै सचिव पुष्करले भने - अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ

काठमाडौं । नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयमा पदस्थापनापछि बिहीबार कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुस्करले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गरे ।

‘अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु । राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौं भन्ने विश्वास लिएको छु । लडेर–भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ,’ अर्थसचिव पुस्करले भने ।

अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट चुनौतीहरु देखा परेको रहेको उल्लेख गर्दै अर्थसचिव पुस्करले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077