Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् ।

महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन् ।

सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने छन् ।

महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि न्युयोर्कबाट चीन प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077